कसरी पीएसजी फेरि फ्रान्सेली च्याम्पियन भयो ?

पीएसजी प्रशिक्षक लुइस एनरिकले ठीकै भनेका छन्, ‘पछिल्ला तीन सिजनमा यसपल्ट हामीले पहिलो पटक साँच्चैको प्रतिद्वन्द्वी पायौं ।’ यसैक्रममा उनले लेन्स प्रशिक्षक पिएरे साग र टिम दुवैको प्रशंसा पनि गरे ।

वैशाख ३१, २०८३

एपी

How did PSG become French champions again?

What you should know

पेरिस —  

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार फेरि एकपल्ट फ्रान्सेली लिग वानको उपाधि जितेको छ । तर अरू बेला भन्दा यसपल्ट के फरक रह्यो भने पीएसजीलाई लिग उपाधिसम्मको यात्रामा केही बलियो चुनौती मिल्यो । पीएसजी फ्रान्सेली लिग च्याम्पियन भएको यो लगातार पाँचौं पल्ट हो, अनि समग्रमा १४ औं पल्ट । यो उपलब्धिका लागि उसले उपाधि होडको आफ्नो सबैभन्दा नजिकको प्रतिद्वन्द्वी लेन्सलाई २–० ले हरायो ।

पूरा सिजन बलियो तगारो खडा गरेको लेन्स पीएसजीकै हातबाट भने टुट्यो । लेन्सले तय गरेको यसपल्टको यात्रा किन महत्त्वपूर्ण छ भने उसले असाध्यै कम बजेट मात्र होइन, साधन स्रोतको अभावमा पनि विश्व फुटबलकै सबैभन्दा धनी क्लबमध्ये एकलाई गाह्रो पारेको थियो । पीएसजी प्रशिक्षक लुइस एनरिकले ठीकै भनेका छन्, ‘पछिल्ला तीन सिजनमा यसपल्ट हामीले पहिलो पटक साँच्चैको प्रतिद्वन्द्वी पायौं ।’ यसैक्रममा उनले लेन्स प्रशिक्षक पिएरे साग र टिम दुवैको प्रशंसा पनि गरे ।

गत सिजन पीएसजीले उपाधि जित्दा छ चरणको खेल बाँकी थियो, अनि पूरा सिजन लिगमा दुई हार मात्र बेहोरेको थियो । पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेमाथि १९ अंकको निर्णायक अग्रता लिएको थियो । अझ पूरा लिगमा ९२ गोलसमेत गरेको थियो । तर यसपल्ट यत्तिको सजिलो हुँदै भएन । पीएसजी यसपल्ट लिगमा पाँच खेलमा पराजित रह्यो भने दोस्रोमा रहेको लेन्समाथि नौ अंकको अग्रता मात्र लिन सफल रह्यो । अब लिगको अन्तिम चारणको खेल आइतबार हुनेछ ।  

अब प्रश्न हुन सक्छ, पीएसजीले यसपल्ट लिग जित्नुका कारण के के रहे त ? पीएसजीका लागि यसपल्ट एक भन्दा बढी खेलाडीले गोल गरे । गत सिजन ओसमन डेम्बेले एक्लैले २१ गोल गरेको थिए । तर तिनै डेम्बेलेले विन्गर ब्राड्ली बारकोलाले दश/दश गोल गरे । त्यसपछि खविचा क्वारत्सखेलयाले आठ, डिजायर डोउले सात, गोन्कालो रामोसले छ गोल गरे । यसरी धेरै खेलाडीले यसपल्ट गोलमा आफ्नो योगदान पुर्‍याए । क्वारत्सखेलया यो सिजनकै उत्कृष्ट खेलाडी रहे, यी जर्जियाली खेलाडीले पीएसजीको यात्रामा सबै प्रकारले योगदान गरे ।

गत वर्षको जनवरीमा मात्रै नेपोलीबाट पीएसजी आएका क्वारत्सखेलया मैदानमा जताततै खटेर खेल्ने खेलाडी हुन् । उनलाई किनेर प्रशिक्षक एनरिकले ठीक निर्णय गरे । यस्तै उनको अर्को एउटा पनि सही ठहरियो । उनले जियानलुगी डोनारुमालाई बेचेपछि गोलरक्षकका रूपमा माटभेइ सफोनाभलाई भित्र्याए । पूरा सिजन यी गोलरक्षकले शृंखलाबद्ध बचाउ गरे । एनरिकले आफ्ना खेलाडीलाई दिएको सन्देश थियो, जत्तिकै ठूलो स्टार किन नहोस, टिममा तिनको स्थान सुरक्षित हुन्न ।

यही नीतिमा रहेर एनरिकले गत सिजन च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलमै डेम्बेलेलाई टिमबाट हटाएका थिए । त्यस भन्दा अगाडिको सिजनमा पीएसजीले नेयमार र मार्को भेरोटीलाई पनि बेचेको थियो । अनि एनरिकले आफ्ना समर्थकसँग पनि नजिकको सम्बन्ध बनाए राखे । यस्तै एनरिकले आफ्ना खेलाडीलाई थकित महसुस हुन दिएनन् । चाहिएको बेला मुख्य खेलाडीलाई पनि आराम दिए । उनी भन्छन्, ‘हाम्रो ध्यान खेलाडीलाई के कसरी फाइदा हुन्छ भन्नमै छ ।’

एपी

Link copied successfully