राष्ट्रिय ब्याडमिन्टनको ट्रफी सार्वजनिक

२ जेठसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका १ सय १५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका प्रवक्ता बेनुपराज खत्रीले जनाएका छन् ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

National badminton trophy unveiled

काठमाडौँ — नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ ।

सोही अवसरमा टिम च्याम्पियनलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

२ जेठसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका १ सय १५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका प्रवक्ता बेनुपराज खत्रीले जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्यसचिव रामचरित्र मेहताले गरेका थिए ।

कान्तिपुर

Link copied successfully