अहमदावादमा भएको खेलमा सनराइज हैदरावादलाई सजिलै ८२ रनले हरायो । यो जितपछि गुजरातको १६ अंक भएको छ ।
काठमाडौँ — गुजरात टाइटन्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार पाँचौं जित निकालेको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसले अहमदावादमा भएको खेलमा सनराइज हैदरावादलाई सजिलै ८२ रनले हरायो । यो जितपछि गुजरातको १६ अंक भएको छ ।
हैदरावाद भने १४ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ६९ रन पछ्याएको हैदरावाद १४.५ ओभर माक्र टिक्न सकेको थियो र यसत्रममा ८६ रन बनाएर अलआउट भयो । त्यसमा सबैभन्दा ठूलो स्कोर नै कप्तान प्याट कमिन्सको १६ रन रह्यो ।
गुजरातका लागि जेसन होल्डरले २० रनमा तीन विकेट लिए । यस्तै कगिसो रबाडाले भने २८ रनमा तीन विकेट हात पारे । त्यस अगाडि गुजरातले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
साई सुदर्शनले ६१ र वासिंटन सुन्दरले ५० रन बनाएर त्यसमा अर्धशतकीय योगदान गरे ।
