५ किमि दौडमा अजय र जनदेवी विजेता

शिक्षकतर्फ पुरुषमा पूर्ण थापा पहिलो, भवानीप्रसाद मैनाली दोस्रो र तारादत्त पनेरु तेस्रो भए । महिलामा कृष्णमाया श्रेष्ठ, तारा पौडेल र रोशनी खड्का क्रमशः शीर्ष तीन स्थानमा रहे ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Ajay and Janadevi win in 5 km race

काठमाडौँ — महेन्द्ररत्न क्याम्पस ताहाचलको हिरक जयन्तीको अवसरमा आयोजित ५ किलोमिटर सडक दौडमा अजय पाण्डे र जनदेवी रोकाया विजेता भएका छन् । पुरुषमा अजय च्याम्पियन हुँदा राजकुमार गोले दोस्रो र रोशन जाग्री तेस्रो भए । महिलामा जानकी माझी दोस्रो र पार्वती बुढा मगर तेस्रो बने ।

शिक्षकतर्फ पुरुषमा पूर्ण थापा पहिलो, भवानीप्रसाद मैनाली दोस्रो र तारादत्त पनेरु तेस्रो भए । महिलामा कृष्णमाया श्रेष्ठ, तारा पौडेल र रोशनी खड्का क्रमशः शीर्ष तीन स्थानमा रहे ।

स्टाफतर्फ पुरुषमा पिताम्बर पंगेनी पहिलो, शम्भुप्रसाद अधिकारी दोस्रो र शुभाचल दाहाल तेस्रो भए । महिलामा शारदा भण्डारीले पहिलो, सम्झना बुढाथोकी दोस्रो र तारा पनेरुले तेस्रो स्थानमा सफलता पाए । 

आयोजकका अनुसार दौडमा २ सय ५० प्रतिस्पर्धी थिए ।  

कान्तिपुर

Link copied successfully