टोटनहमले आफ्नो घरेलु मैदानमा म्याथेस टेलको गोलले ५० औं मिनेटमा अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् ।
काठमाडौँ — लिड्स युनाइटेडले सोमबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । टोटनहमले आफ्नो घरेलु मैदानमा म्याथेस टेलको गोलले ५० औं मिनेटमा अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् ।
खेलको ७४ औं मिनेटमा डोमिनिक क्लेभर्ट लेविनले पेनाल्टीबाट लिड्सका लागि बराबरी गोल फर्काए । यो नतिजाले टोटनहममाथि रेलिगेसनको डर कायम रह्यो । लिग तालिकामा टोटनहम ३८ अंकमा १७ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट दुई अंकको मात्र अग्रता हो ।
उसको पछाडि वेस्ट ह्याम ३६ अंकमा छ र लिगमा दुई चरणका खेल मात्र बाँकी छ । लिड्स भने ४४ अंकमा १४ औं स्थानमा छ र उसको रेलिगेसन डर समाप्त भइसकेको छ ।
