यामलको चमत्कारी खेल, बार्सिलोनाको उपाधि रक्षा

बार्सिलोनाका किशोर स्टार लामिन यामलले यो सिजन उत्कृष्ट प्रदर्शन गरे, विशेषतः सिजनको दोस्रो हाफतिर । यसै कारण बार्सिलोनाले लगातार लिग उपाधि जितेको हो भन्दा हुन्छ ।

वैशाख २८, २०८३

एएफपी

Yamal's miraculous performance helps Barcelona defend its title

What you should know

बार्सिलोना — हान्सी फ्लिकको बार्सिलोनाले आइतबार सफतापूर्वक स्पेनी ला लिगाको उपाधि रक्षा गरेको छ । नु क्याम्पमा भएको एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडलाई २-० ले हराएको हो ।

बार्सिलोनाको यो सिजनको खेल विशेषता रह्यो, आक्रमणमा जोड, अनि डिफेन्डरमा जोखिम लिने आँट । बार्सिलोनाले तीन चरणको खेल बाँकी छँदा लिग जितेको हो, रियलमाथि १४ अंकको निर्णायक अग्रतासहित । बार्सिलोनाले कसरी लिग जित्यो त ? यसबारे प्रमुख कारण यस प्रकार रहे ।

यामलको चमत्कारी खेल

बार्सिलोनाका किशोर स्टार लामिन यामलले यो सिजन उत्कृष्ट प्रदर्शन गरे, विशेषतः सिजनको दोस्रो हाफतिर । यसै कारण बार्सिलोनाले लगातार लिग उपाधि जितेको हो भन्दा हुन्छ । यी १८ वर्षीय विन्गरले १६ गोल गरेका छन्, अनि १२ गोलमा सहयोगी भूमिका पनि रचे । उनी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने र अरू गोलमा सबैभन्दा बढी सहभागी भूमिका खेल्ने पनि रहे ।

Yamal's miraculous performance helps Barcelona defend its title

गत सिजनको तुलनामा यामल यसपल्ट विपक्षको पेनाल्टी एरियामा कमै सक्रिय रहे, तर जति रहे, निर्णायक रहे । चोटका कारण पछिल्लो समय उनले बार्सिलोनाका लागि खेलिरहेका छैनन् । तर जति समय खेले, बार्सिलोनाका लागि राम्रो खेले । उनको यो सिजन सबैभन्दा राम्रो प्रदर्शन तेस्रो स्थानमा रहेको भिल्लारियलविरुद्ध रह्यो । त्यसमा उनले ह्याट्रिक पनि गरे ।

पेड्रीको कमाल

यामलपछि बार्सिलोनाका लागि यो सिजन सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडी रहे, मिडफिल्डर पेड्री गोन्जालेज । उनी आफ्नो भूमिकामा युरोपमै सबैभन्दा उत्कृष्ट खेलाडी रहेका छन् । खासमा बार्सिलोनाको पूरा सिजनको प्रदर्शनमा अरू धेरै खेलाडीको पनि सहयोगी भूमिका रह्यो । जस्तो, रोबर्ट लेवनडोस्की र फेरान टोरेले यो सिजन आहा भन्न लायक खेल त खेलेनन् ।

तर दुवैले दस दस गोल भने गरे । यी गोलले बार्सिलोनाको लिग यात्रा अझ सजिलो भएको थियो । त्यति मात्र होइन, चोटबाट मुक्त हुन संघर्षरत राफिन्हा र ऋणमा आएका मार्कस रसफोर्ड दुवै पनि दस-दस गोल गरे । बार्सिलोनासँग रियलको जस्तो आर्थिक शक्ति छैन, सबै स्टार खेलाडीले भरिएको टिम बनाउन । तर बार्सिलोनासँग जति खेलाडी छन्, सबै आफ्नो टिमलाई उपाधि दिलाउन ठोस भूमिका खेल्न सक्षम छन् ।

रियलको खराब प्रदर्शन

बार्सिलोनाको परम्परागत सबैभन्दा ठूलो प्रतिद्वन्द्वी रियलको प्रदर्शन यो सिजन राम्रो रहेन्, जसको फाइदा क्याटलान क्लबलाई हुन नै भयो । रियलले यो सिजन कुनै पनि उपाधि जित्न सकेन् । प्रशिक्षक ज्याभी एलोन्सको नेतृत्वमा सिजनको सुरुमा बार्सिलोनालाई बलियो चुनौती पेस गर्ने छाँट देखाएको थियो, तर जनवरीसम्म आइपुग्दा उनी आफैं बर्खास्तीमा परे ।

यसअघिका प्रशिक्षक कार्लो एन्सेलोटीले जस्तै ज्याभीले भने रियललाई एकढिक्का भएर खेल्ने टिम नै बनाउन सकेनन्, भलै टिममा एक से एक स्टार किन नहोस् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट रियल आएयता फ्रान्सेली सुपर स्टार केयलिन एमबापेले अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन् । उनी मात्र होइन्, भिनिसियस जुनियर र जुड बेलिङ्घमको खेल पनि उत्कृष्टको स्तरमा रहेन ।

क्याम्प नुमा पुनरागमन

पछिल्लो समय बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नुको पुनर्निर्माण गरेको थियो । त्यसैले बार्सिलोना यसबीच धेरै खेल आफ्नो प्रिय मैदानमा खेल्न पाएन । यही सिजन बार्सिलोनाले गत वर्षको नोभेम्बरतिर आफ्नो घरेलु मैदानमा खेल्न पायो । बार्सिलोनाको प्रदर्शन क्याम्प नुमा अर्के स्तरको रहेको छ, त्यसैले यहाँ फर्केर खेलेयता अपराजित रहेको छ ।

एएफपी

Link copied successfully