बेंगलुरु शीर्षमा मुम्बई बाहिरियो

रोयल च्यालेन्जर्स बेंगुलुरुले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा दुई विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

वैशाख २८, २०८३

हिमेश

Bengaluru edged out Mumbai at the top

काठमाडौँ — रोयल च्यालेन्जर्स बेंगुलुरुले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा दुई विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यो नतिजापछि अन्तिम स्थानमा रहेका मुम्बईसँगै लखनउ सुपर जायन्ट्सको प्ले सम्भावना समाप्त भएको छ ।

जितका लागि १ सय ६७ रन पछ्याऊने क्रममा बेंगलुरुले आठ विकेटमा त्यसलाई आत्मसात् गरेको थियो । त्रुणाल पाण्डेले बेंगलुरुका लागि ४६ बलमा ७३ रनको निर्णायक इनिङ्स खेले । उनले चार चौका र पाँच छक्का प्रहार गरे ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटमा १ सय ६६ रन बनाएको थियो र त्यसमा तिलक वर्माले सबैभन्दा बढी ५७ रन बनाए । यो जितपछि बेंगलुरु १४ अंकमा पहिलो स्थानमा पुग्यो । मुम्बई र लखनउ समान छ अंकमा पुछारका दुई स्थानमा छन् ।

हिमेश

Link copied successfully