भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित ५० ओभरको खेलमा २८ ओभर १ बलमा समेटिँदै १ सय १२ रन बनायो । झिनो लक्ष्य पछ्याएको तिरुपतिले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय १४ रन बनाउँदै जित निकाल्यो ।
भैरहवा —
भैरहवामा जारी पञ्चकन्या रूपन्देही सुपरलिगअन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ४ विकेटले पराजित गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित ५० ओभरको खेलमा २८ ओभर १ बलमा समेटिँदै १ सय १२ रन बनायो । उसका लागि सुदीप अर्यालले ४०, सुमन पाण्डेले २०, सुरज खड्काले १२ र सोयम चापागाईंले ११ रन बनाए ।
बलिङमा तिरुपतिका दिवान पुनले ३, आकाश त्रिपाठी र तुलबहादुर थापाले २–२ तथा सन्दीप मौर्यले १ विकेट हात पारे ।
झिनो लक्ष्य पछ्याएको तिरुपतिले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय १४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आकाश त्रिपाठीले ५० रनको अर्धशतकीय पारी खेल्दा रौनक श्रीवास्तवले अविजित २० र तुलबहादुर थापाले १४ रन जोडे ।
बलिङमा देवदहका सुरज खड्काले ३ तथा सुदीप अर्याल र रोशन गौतमले १–१ विकेट लिए । तिरुपतिका आकाश त्रिपाठी ‘म्यान अफ दी म्याच’ भए ।
