यो जितपछि सिटीले आर्सनलसँगको दूरी दुई अंकमा कायम राख्यो ।
काठमाडौँ — म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डलाई सजिलै ३–० ले हराएको छ र उपाधिको होडमा शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ ।
यो जितपछि सिटीले आर्सनलसँगको दूरी दुई अंकमा कायम राख्यो ।
दुवै टिमले यो सिजन लिगमा तीन तीन खेल खेल्न बाँकी छ । आर्सनलले आइतबार वेस्ट ह्यामको सामना गर्दैछ । सिटीका लागि जेरेमी डोकु, इर्लिङ हालान्ड र ओमर मारमोसले एक एक गोल गरे ।
शनिबारका अन्य खेलमा सन्डरल्यान्ड र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले भने बर्नमाउथले फुलहमलाई १–० र ब्राइटनले उल्भ्सलाई ३–० ले हरायो ।
