इन्जो फर्नान्डेजले ३५ औं मिनेटमा फ्रि–किकबाट बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन र लिभरपुल निराशाजनक बराबरीमा चित्त बुझाउन बाध्य रह्यो ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा लिभरपुल शनिबार चेल्सीको हातबाट १–१ को बराबरीमा रोकिएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले ग्रेभेनबेर्चको गोलले छैटौं मिनेटमा अग्रता लिएको थियो । तर त्यसपछि लिभरपुलको प्रदर्शन खस्केको थियो र यसैक्रममा चेल्सी बराबरी गोल फर्काउन सफल रह्यो ।
इन्जो फर्नान्डेजले ३५ औं मिनेटमा फ्रि–किकबाट बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन र लिभरपुल निराशाजनक बराबरीमा चित्त बुझाउन बाध्य रह्यो । तर यो १ अंकले लिभरपुल अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोटको नजिक पुगेको छ ।
यो नतिजापछि लिभरपुल ३६ खेलबाट ५९ अंकमा चौथो स्थानमा रह्यो । चेल्सी भने समान खेलबाट ४९ अंकमा नवौं स्थानमा रह्यो । चेल्सीका लागि भने यो बराबरी राहतका रूपमा आएको छ । लिगमा लगातार छ हारपछि चेल्सी यो बराबरी निकाल्न सफल रहेको हो ।
