पुछारको लखनउसँग बेंगलुरुको हार

अंक तालिकाको पुछारमा रहेको लखनउ सुपर जायन्ट्सले बेंगलुरुलाई डीएलएस मेथड अनुसार नौ रनले हराएको छ ।

वैशाख २५, २०८३

कान्तिपुर संवाददाता

Bengaluru loses to bottom-placed Lucknow

काठमाडौँ — रोयल च्यालेर्न्स बेंगलुरुले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को शीर्ष स्थानमा उक्लिन अवसर गुमाएको छ । अंक तालिकाको पुछारमा रहेको लखनउ सुपर जायन्ट्सले बेंगलुरुलाई डीएलएस मेथड अनुसार नौ रनले हराएको छ ।

यो नतिजापछि बेंगलुरु १२ अंकमा तेस्रो स्थानमा रह्यो । लखनउ भने छ अंकमा दस टिममध्ये अन्तिम स्थानमा छ । लखनउले आफ्नो घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै तीन विकेटमा २ सय ९ रन बनाएको थियो ।

त्यसमा ओपनर मिचेल मार्सले १ सय ११ रनको शानदार प्रदर्शन गरे । उनले ५६ बलमा नौ चौका र नौ छक्का प्रहार गरे । खेल वर्षाले विथोलिएपछि बेंगलुरुले १९ ओभरमा २ सय १३ रनको लक्ष्य पाएको थियो ।

त्यसलाई पछ्याउने क्रममा बेंगलुरुले छ विकेटमा २ सय ३ रन मात्र बनाउन सक्यो । कप्तान रजत पाटीदारले सर्वाधिक ६१ रन बनाए । मार्स प्लेयर अफ द म्याच रहे ।

कान्तिपुर

Link copied successfully