बायर्नलाई रोक्दै पीएसजी फाइनलमा

यससँगै पीएसजीले दुई लेगको खेलमा समग्रमा ६–५ को अग्रता लिन सफल रह्यो ।

वैशाख २४, २०८३

कान्तिपुर संवाददाता

PSG stops Bayern and reaches final

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार सेमिफाइनल दोस्रो लेगमा बायर्न म्युनिकलाई १–१ को बराबरीमा रोक्दै युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । यससँगै पीएसजीले दुई लेगको खेलमा समग्रमा ६–५ को अग्रता लिन सफल रह्यो ।

अब उपाधिका भिडन्तमा पीएसजीले आर्सनलको सामना गर्नेछ । म्युनिकमा भएको खेलमा पीएसजीले ओसमन डेम्बेलेको गोलले अग्रता लिएको थियो । खेलको अन्त्यतिर बायर्नका लागि ह्यारी केनले बराबरी गोल फर्काए ।

बुडापेस्टमा मे ३० मा हुने फाइनलमा पीएसजी नै उपाधिका लागि बलियो प्रत्यासी रहनेछ र उसका सामु लगातार दोस्रो सिजन युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने अवसर हुनेछ । रियल म्याड्रिडले सन् १९९० मा अन्तिम पटक लगातार दुई पल्ट उपाधि जितेको थियो ।

कान्तिपुर

Link copied successfully