पीएसजी रोमाञ्चक र बलियो दुवै

यसका लागि लुइस एनरिकेको टिमले बायर्नलाई सेमिफाइनलमै रोकेको हो । सेमिफाइनलको पहिलो लेगमा पीएसजीले बायर्नलाई ५–४ ले हराएको थियो ।

वैशाख २४, २०८३

एएफपी

PSG is both exciting and strong

म्युनिक — पछिल्लो वर्ष पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपमा सबैभन्दा रोमाञ्चक टिम थियो । अब यो वर्ष सावित भएको छ, यो टिम बलियो पनि छ । पीएसजीले युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्ने क्रममा यो सिद्ध गरेको हो । यसका लागि लुइस एनरिकेको टिमले बायर्नलाई सेमिफाइनलमै रोकेको हो । सेमिफाइनलको पहिलो लेगमा पीएसजीले बायर्नलाई ५–४ ले हराएको थियो ।

त्यसलाई प्रतियोगिताको इतिहासकै एक उत्कृष्ट खेल मानिएको छ । त्यसपछि बुधबार एलिनाज एरेनामा भएको खेलमा पीएसजीले बायर्नसँग १–१ को बराबरी खेल्यो । त्यसमा ओसमन डेम्बेलेले खेलको सुरुआती तीन मिनेटमै गोलको खाता खोले र यो आक्रामक प्रत्याक्रममा निर्भर रहेको थियो । यो गोलपछि फ्रान्सेली च्याम्पियनले घरेलु टिमलाई दबाबमा राखेको थियो । खेलको अत्यतिर ह्यारी केनले बायर्नका लागि एक गोल फर्काए ।

तर यसले खेलको समीकरणमा खासै फरक पारेन् र पीएसजी समग्रमा ६–५ को निर्णायक अग्रता लिन सफल रह्यो । खेलपछि एनरिकले भने, ‘आजको खेलपछि स्पष्ट भएको छ, हाम्रो टिम कस्तो छ भनेर । हाम्रो खेलमा परिपक्वता थियो । हामीले आक्रमण मात्र गरेनौं, रक्षापंक्तिमा पनि मजबुत खेल प्रदर्शन गर्न सक्यौं । एक प्रशिक्षकका रूपमा यस्तै खेलले त हो असाध्यै धेरै खुसी महसुस गराउने ।’  

उनले थपे, ‘हामीले जहिले पनि जादुयी रूपमा र असाधारण तरीकाले खेल जित्न सक्दैनौं । आज हामीलाई रक्षात्मक भएर पनि खेल्नु थियो र यो काम हामीले राम्रोसँग गर्न पनि सक्यौं ।’ पीएसजीको रक्षापंक्ति धेरै हदसम्म इक्वडेरका खेलाडी विलियम पाचोमा निर्भर थियो । उनले बायर्नविरुद्ध छ मोडमा हाबी रहेर आफ्नो उपयोगिता प्रमाणित गरे । राइट ब्याकमा वानरे जायर–इमरी पनि उत्तिकै सटिक रहे ।

सम्भवतः यी २० वर्षीय खेलाडी पीएसजीका लागि वर्षकै उत्कृष्ट खेलाडी हुन सक्नछन् । यसपल्ट मिनेटको आधारमा उनी आफ्नो टिमका लागि सबैभन्दा बढी समय खेल्ने खेलाडी हुन् । गत सिजन उनी च्याम्पियन्स लिग विजेता टिममा विरलै मौका पाउने खेलाडी थिए, तर यसपल्ट उनी सबैभन्दा महत्त्वपूर्ण खेलाडी सावित भएका छन् । उनको कडा मिहिनेतले पीएसजीलाई अर्कै स्तरमा पुर्‍याएको छ ।

सन् २०११ मा कतारले पीएसजीमा लगानी गरेपछि क्लबको एउटै उद्देश्य रहेको छ, युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताा राम्रो गर्ने । यसक्रममा धेरै पल्ट टिम कमजोर रहेको छ, केही समय त पीएसजीको प्रदर्शन लाजमर्दो पनि भएको छ । तर गत वर्ष भने यही टिमले पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो, त्यो पनि इन्टर मिलान जत्तिको क्लबलाई फाइनलमा सजिलै हराएर ।

के पीएसजीले उपाधि रक्षा गर्नेछ ?

सन् २०१९ मा लिभरपुल लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । पीएसजीले अहिले यस्तै उपलब्धी दोहराएको छ । बुडापेस्टमा मे ३० मा हुने फाइनलमा उसले आर्सनललाई हराउन सक्छ भने डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने दोस्रो टिम मात्र हुनेछ । यस्तै उपलब्धी एकपल्ट मात्र हात पार्ने टिम सन् २०१८ को जिनेदिन जिदानको रियल म्याड्रिड रहेको छ ।

PSG is both exciting and strong

अब एनरिकेसामु जिदानसँगै पेप ग्वार्डिओला, बल पेसली र कार्लो एन्सेलोटीको बराबरी गर्ने अवसर हुनेछ, तीन पल्ट च्याम्पियन्स लिग जित्ने प्रशिक्षक हुन् । सन् २०१५ मा बार्सिलोनाले च्याम्पियन्स लिग जिन्दा उनी नै प्रशिक्षक थिए । पीएसजीका अध्यक्ष नासेर अल खेलाइफेले भनेका छन्, ‘अहिले हामीसँग उत्कृष्ट युवा टिम छ, अनि उत्तिकै उत्कृष्ट प्रशिक्षक पनि ।’

उनले केयलियन एमबापे, नेयमार र लियोनल मेसी जस्तो खेलाडी अनुबन्ध गरेर पनि च्याम्पियन्स लिग जित्न सकेका थिएनन् । तर अहिले एनरिकले डेम्बेलेलाई त्यस्ता सेन्टर फरवार्डका रूपमा परिणत गरेका छन्, जसले बेलन डे’अर जितिसकेका छन् । अनि खविचा क्वारत्सखेलिया त यस प्रतियोगिताकै सिजनका उत्कृष्ट खेलाडी सावित भएको छ । डेम्बेलेले म्युनिकका गरेको गोलमा पनि यिनै जर्जियाली खेलाडीको भूमिका थियो ।

सही सावित एउटा निर्णय

यो सिजनका लागि भनेर पीएसजीले टिमलाई नयाँ खेलाडी थपेर अझ बलियो बनाउन खोजेन् । लागिरहको थियो, यो निर्णय अन्ततः गलत सावित हुन सक्छ । विशषेतः पीएसजीले गोलरक्षक जियानलुगी डोनारुमा म्यानचेस्टर सिटीलाई त बेचेको थियो, तर उनको स्थानमा अर्को खेलाडी ल्याएन् । तर इन्टरविरुद्ध ५–० को जित निकालेको सुरुआती टिमका नौ खेलाडी बुधबार त्यही म्युनिक स्टेडियममा पनि सुरुदेखि खेले ।

अनुपस्थिति हुने दुई खेलाडीमा एक त तिनै गोलरक्षक डोनारुमा र चोटका कारण मैदान बाहिर रहेका हाकिमी थिए । त्यसैले एउटै टिमका विश्वास गर्नु पनि पीएसजीको सही निर्णय भएको देखिएको छ । खासमा पीएसजीले एनरिके आएयता सबै सात नकआउट चरणका खेल जितेको छ, यही पहिलो लेग उसकै घरेलु मैदानमा भएको थियो भने । अब पीएसजीले पछिल्ला सात सिजनमा तेस्रो पल्ट च्याम्पियन्स लिगको फाइनल खेल्दा आफू अनुकुल नतिजा अपेक्षा गर्न सक्छ ।

आर्सनलविरुद्धको उपाधि भिडन्तमा पीएसजी नै जितका लागि बलियो प्रत्यासी रहनेछ । फ्रान्सेली टेलिभिजनमा पछिल्लो समय फुटबल पण्डितको काम गरिरहेका आर्सनलका पूर्व खेलाडी समिर नासरीले भन्छन्, ‘पीएसजी अहिले साँच्चै असाध्यै धेरै बलियो टिम रहेको छ । जति बेला स्थिति गाह्रो हुन्छ, त्यही बेला पीएसजीले एक त आक्रमणमा राम्रो गर्छ, त्यही बेला उसको रक्षापंक्ति पनि मजबुत देखिन्छ ।’

एएफपी

Link copied successfully