प्रतियोगितामा खराव सुरुआत लिएको चेन्नाईको अब दस अंक भएको छ र यो शीर्ष चारबाट दुई अंकको दूरी मात्र हो ।
काठमाडौँ — चेन्नाइ सुपर किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सलाई आठ विकेटले पराजित गर्दै प्ले अफका लागि आफ्नो चुनौती पेस गरेको छ ।
प्रतियोगितामा खराव सुरुआत लिएको चेन्नाईको अब दस अंक भएको छ र यो शीर्ष चारबाट दुई अंकको दूरी मात्र हो ।
दिल्ली भने आठ अंकमा सातौं स्थानमा रह्यो । दिल्लीमा भएको खेलमा चेन्नाइको जितका नायक रहे, ओपनर सन्जु सामसन । उनको नटआउट ८७ रनको मदतले चेन्नाइले दुई विकेटमा १ सय ५९ रन बनायो र सफलतापूर्वक लक्ष्य पछ्यायो । चेन्नाइ जितसम्म पुग्दा १५ बलको खेल बाँकी थियो ।
सन्जुले ५२ बलको सामना सामना गरे र सात चौका तथा छ छक्का प्रहार गरे । यस्तै अर्का नटआउट ब्याटर कार्तिक शर्माले ३१ बलमा ४१ रन बनाए । त्यस अगाडि दिल्लीले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ५५ रन बनाएको थियो । त्यसमा समिर रिज्भीको ४० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
