गौमुखी गाउँपालिकालाई जिल्लास्तरीय महिला भलिबलको उपाधि

सरूमारानी गाउँपालिकालाई पराजित गर्दै गौमुखी गाउँपालिकाले उपाधि जितेको हो । पहिलो सेट २०-२५ ले गुमाएको गौमुखीले दोस्रो २५-१७ र तेस्रो २५-१४ ले जित्दै उपाधि हात पारेको हो ।

वैशाख २२, २०८३

शमशेरविक्रम जीसी

Gaumukhi Rural Municipality wins district-level women's volleyball title

प्यूठान — प्यूठानमा भएको प्रथम जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि गौमुखी गाउँपालिकाले जितेको छ ।

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा भएको सहिद कल्पना गिरी स्मृति प्रथम जिल्लास्तरीय महिला भलिबलमा सरूमारानी गाउँपालिकालाई पराजित गर्दै गौमुखी गाउँपालिकाले उपाधि जितेको हो । पहिलो सेट २०-२५ ले गुमाएको गौमुखीले दोस्रो २५-१७ र तेस्रो २५-१४ ले जित्दै उपाधि हात पारेको हो । 

प्रथम भएको गौमुखीले २५,००० नगदसहित प्रमाणपत्र हात पार्‍यो । यस्तै दोस्रो भएको सरूमारानीले २०,००० हजारसहित प्रमाणपत्र र तेस्रो भएको नौबहिनी गाउँपालिकाले १५ हजार पुरस्कार प्राप्त गर्‍यो । 

२ नगरपालिका र ७ गाउँपालिकाका ९ टिमको सहभागिता रहेको प्रतियोगितामा सान्त्वना भएको स्वर्गद्वारि नगरपालिका टिमले ५ हजार पुरस्कार प्राप्त गरेको छ । 

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully