एभरटनसँगको बराबरीले सिटीलाई ठूलो धक्का

यो नतिजापछि सिटी ७१ अंकका साथ दोस्रो स्थानमा रह्यो, आर्सनल भने एक खेल बढी खेलेर ७६ अंकसहित शीर्ष स्थानमा छ ।

वैशाख २२, २०८३

कान्तिपुर संवाददाता

Draw with Everton deals big blow to City

काठमाडौँ — जेरेमी डोकुले इन्ज्युरी समयमा गरेको गोल मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ३–३ को बराबरीमा रोकेको छ । सिटीका लागि उपाधि होडमा यो ठूलो धक्का रहेको छ ।

यो नतिजाले लिग उपाधिको होड आर्सनलको पक्षमा मोडिएको छ । एभरटनका लागि थिएर्नो बेरीले २ गोल गरे । यस्तै सिटीका तर्फबाट डोकुले २ गोल फर्काए ।

यो नतिजापछि सिटी ७१ अंकमा दोस्रो स्थानमा रह्यो । आर्सनल भने एक खेल बढी खेलेर ७६ अंकमा शीर्ष स्थानमा छ । अब सिटीका लागि उपाधि होड उसको नियन्त्रणमा रहेन ।

सोमबारकै अर्को प्रमुख खेलमा नटिंघम फरेस्टले चेल्सीलाई ३–१ ले हरायो । त्यसमा फरेस्टका लागि टाइओ एवानियीले दुई गोल गरे । यो जितले फरेस्टको ४२ अंक भएको छ ।

कान्तिपुर

Link copied successfully