इन्टरले जित्यो इटालीको सिरी ए

यो जितसँगै सानसिरो र मिलानमा खुसीयाली बनाइको थियो ।

वैशाख २१, २०८३

हिमेश

Inter wins Italian Serie A

काठमाडौँ — इन्टर मिलानले आइतबार पार्मालाई २–० ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । पछिल्लो छ सिजनमा इन्टरले लिग जितेको यो तेस्रो पल्ट हो । यो जितसँगै सानसिरो र मिलानमा खुसीयाली बनाइको थियो ।

विजयी टिमका लागि मार्कस थुराम र हेनरिक मखाटेरियनले एक एक गोल गरे । लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् र इन्टरलाई दोस्रो स्थानमा रहेको नेपोलीमाथि १५ अंकको निर्णायक अग्रता प्राप्त भइसकेको छ ।

इन्टरको ८२ अंक भएको छ भने उसको पछाडि नेपोलीको ७० र एसी मिलानको ६७ अंक भएको छ । अब इन्टरले अर्को साता कोपा इटालियाको फाइनलमा लाजियोको सामना गर्दैछ ।

हिमेश

Link copied successfully