जागुआर प्लाइले दीर्घकालीन ब्रान्डिङ रणनीतिको महत्त्वपूर्ण हिस्सा बनाउने उद्देश्यले क्रिकेटर सोमपाललाई ब्रान्ड एम्बासडर घोषणा गरेको जनाएको छ ।
काठमाडौँ — जागुआर प्लाइले राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
श्रीगणेश प्लाइउड इन्डस्ट्रियल प्रालिले सञ्चालन गरिरहेको जागुआर प्लाइको दीर्घकालीन ब्रान्डिङ रणनीतिको महत्त्वपूर्ण हिस्सा बनाउने उद्देश्यले क्रिकेटर सोमपाललाई ब्रान्ड एम्बासडर घोषणा गरेको जनाएको छ ।
नेपाली क्रिकेटमा विश्वसनीय र समर्पित खेलाडीको रुपमा परिचित सोमपाल आफ्नो निरन्तर प्रदर्शन, कडा मिहिनेत र भरोसायोग्य क्षमताका लागि परिचित छन् । यी गुणहरूसँग जागुअर प्लाइको मजबुती, टिकाउपन र विश्वास भन्ने ब्रान्ड मूल्यसँग प्रत्यक्ष मेल खाने कम्पनीको विश्वास छ ।
सोमपालले जागुअर प्लाइसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै ब्रान्डको विकासमा योगदान दिन र उपभोक्तासँग जोडिन पाउँदा उत्साही रहेको बताए ।
प्लाइका निर्देशक रोहित नेमानीले चर्चित क्रिकेटर सोमपाललाई आफ्नो कम्पनीमा आवद्ध गर्न पाउँदा खुसी भएको बताउँदै उहाँको क्रिकेटप्रतिको समर्पण, दृढता र विश्वासनीयता आफ्नो ब्रान्डसँग मेल खाने भएकाले आफूहरूको सम्बन्ध अझ बलियो र सुदृढ बन्ने बताए ।
जागुआर प्लाइ एक प्रिमियम प्लाइउड ब्रान्ड हो, जसले निर्माण, फर्निचर तथा इन्टेरिया प्रायोजकका लागि उच्च गुणस्तरीय काठजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।
