रियल जितेपछि बार्सिलोना कुर्दै

यो जितपछि अब लिग उपाधिका लागि बार्सिलोनाले अझै कुर्नु पर्ने भएको छ ।

वैशाख २१, २०८३

हिमेश

Barcelona waits after Real win

काठमाडौँ — रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा इस्पनयोललाई २–० ले पराजित गरेको छ र यसमा दुवै गोल भिनिसिय जुनियरले दोस्रो हाफमा गरे । यो जितपछि अब लिग उपाधिका लागि बार्सिलोनाले अझै कुर्नु पर्ने भएको छ ।

बार्सिलोना ८८ अंकमा शीर्ष स्थानमा छ र रियलको ७७ अंक छ । अब अर्को साता रियल र बार्सिलानोबीचको खेल हुनेछ । त्यसमै आफू अनुकुल नतिजा निकालेर बार्सिलोनाले लिग उपाधि जित्न सक्नेछ ।

लिगमा चार चरणका खेल बाँकी छन् । आइतबारका अन्य खेलमा सेल्टा भिगोले एल्चेलाई ३–१, रायो भालेकानोले गेटाफेलाई २–० र रियल बेटिसले रियल ओभिएडलाई ३–० ले हरायो ।

हिमेश

Link copied successfully