आइतबार भएको फाइनल खेलमा भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई सोझो सेटमा पराजित गर्दै राम सोहरा र राजेन्द्र बमको जोडीले उपाधि जितेको हो ।
कञ्चनपुर — महेन्द्रनगरमा सम्पन्न भएको बाह्रसिंगा ब्याडमिन्टर प्रतियोगिताको उपाधि राम सोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । आइतबार भएको फाइनल खेलमा भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई सोझो सेटमा पराजित गर्दै राम र राजेन्द्रको जोडीले उपाधि जितेको हो ।
विजयी टीमले ४४ हजार ४४४ रुपैयाँ पुरस्कारस्वरुप प्राप्त गरेको छ । दोस्रो हुने भट्ट र मिश्रको जोडीले २२ हजार २२२ र तेस्रो हुने कमल सिंह भाट र विवेक ऐरको जोडीले ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।
भेट्रानतर्फ भोजराज भट्ट र वीरेन्द्र सिंह विष्टको जोडीले उपाधि जितेको छ । उक्त जोडीले उपाधिसँगै नगद १५ हजार ५५५ रकम प्राप्त गरेको छ । यस्तै, दोस्रो हुने सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीले ७ हजार ५५५ र तेस्रो हुने प्रेम चन्द र पदम ठकुराठी तथा सुरेन्द्रप्रसाद भट्ट र ईश्वरीदत्त भट्टको जोडीले ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगितामा ‘बि लेभलमा’ र भेट्रानतर्फ ३२ गरी ८० टिमको सहभागिता थियो । प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
