यो जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि १४ अंकको अग्रता खोलेको छ ।
काठमाडौँ — रोबर्ट लेवनडोस्की र फेरान टोरेसको गोलको मदतले बार्सलोनाले शनिबार ओसासुनालाई २–१ ले हराएको छ र स्पेनी ला लिगा उपाधिको नजिक पुगेको छ । यो जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि १४ अंकको अग्रता खोलेको छ ।
अब आइतबार रियलले इस्पनयोलविरुद्धको खेलमा स्पष्ट जित निकाल्न सकेन भने लिग उपाधि बार्सिलोनाको हुनेछ । लेवनडोस्कीले ८१ औं मिनेटमा पहिलो गोल गरेपछि त्यसको चार टिममा टोरेसले अर्को गोल थपे ।
ओसासुनाका लागि राउल गर्सियाले एक गोल फर्काए । बार्सिलोनाले यसपल्ट लिग जिते डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधिका रक्षा गर्नेछ र क्लब इतिहासमा २९ औं पल्ट ला लिगा जित्नेछ ।
रियलले इस्पनयोललाई हराउँछ भने बार्सिलोनासामु लिग जित्ने अवसर आफ्नो परम्परिक प्रतिद्वन्द्वीविरुद्धको मे १० मा हुने एल क्लासिकोमा हुनेछ ।
