आयोजक राइनो सेमिफाइनलमा

आयोजकले कोलकाताको एबीएफसीलाई २–० ले पराजित गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलमा राइनोका विक्की चाम्लिङ राई र कृष्ण आलेले गोल गरे ।

वैशाख १९, २०८३

नवीन पौडेल

Host Rhino advances to semifinals

नवलपुर — पूर्वी नवलपरासीको कोल्हुवामा भइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा शनिबार आयोजक राइनो क्लब विजयी भई सेमिफाइनलमा पुगेको छ ।

आयोजकले कोलकाताको एबीएफसीलाई २–० ले पराजित गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलमा राइनोका विक्की चाम्लिङ राई र कृष्ण आलेले गोल गरे । आयोजकका कृष्ण आले प्लेयर अफ द म्याच घोषित भए ।

आइतबार पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र एफएफपी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष दोमन भण्डारीले बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully