चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा बाल व्यवसायीले अञ्जलीलाई ३–० गोलले हरायो । विजेताका विपिन कार्की, अर्जुन खडायत र आशिष धारले १–१ गोल गरे ।
काठमाडौँ — बाल व्यवसायी केन्द्र मावि र डिफेन्डिङ च्याम्पियन मनास्लु चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनल पुगेका छन् ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा बाल व्यवसायीले अञ्जलीलाई ३–० गोलले हरायो । विजेताका विपिन कार्की, अर्जुन खडायत र आशिष धारले १–१ गोल गरे । मनास्लुले न्युटन चिल्ड्रेन एकेडेमीलाई ७–१ ले हरायो । मनास्लुका विमल तामाङ र संगम तामाङले २–२ तथा रवि तामाङ, रविन तामाङ र युवराज गोल्पतीले १–१ गोल गरे । न्युटनका श्री थापाले एक गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा हेरिटेजले हिलारी ‘ए’ लाई ४–० गोलले हराएको थियो । हेरिटेजका लक्की तामाङले २ र आयुष मगरले १ गोल गरे । एक गोल आत्मघाती रह्यो । आ–आफ्नो खेलमा बाल व्यवसायीका आशिष धार, मनास्लुका विमल तामाङ र हेरिटेजका लक्की तामाङ प्लेयर अफ द म्याच घोषित भए ।
