लिड्स जोगिन लगभग निश्चित

लिड्सका लागि एन्टोन स्टाच, नोह ओकफोर र डोमिनिक क्लेभर्ट लेविनले गोल गरे ।

वैशाख १९, २०८३

कान्तिपुर संवाददाता

Almost certain to avoid Leeds

काठमाडौँ — लिड्स युनाइटेडले शुक्रबार रेलिगेसनमा परिसकेको बर्नलीलाई ३–१ ले पराजित गदै इंग्लिस प्रिमियर लिगमा यो सिजन लगभग जोगिने निश्चित गरेको छ । लिड्सका लागि एन्टोन स्टाच, नोह ओकफोर र डोमिनिक क्लेभर्ट लेविनले गोल गरे ।

लिगमा चार चरणका खेल बाँकी छँदा लिड्स रेलिगेसन क्षेत्रबाट नौ अंक अगाडि रह्यो । पछिल्लो साता लिड्स एफएकपको सेमिफाइनलमा भने चेल्सीको हातबाट पराजित भएको थियो । यससँगै सन् १९७३ यता पहिलो पटक त्यस प्रतियोगिताको फाइनल पुग्न असफल रहेको थियो ।

तर अहिले प्रिमियर लिगको अंक तालिकामा लिड्स १४ औं स्थानमा छ र इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा फर्केयता त्यसमै कायम रहने उपलब्धी नजिक पुगेको छ । लिड्सको ४३ अंक भएको छ र यति अंकमा अहिलेसम्म कोही पनि रेलिगेसनमा परेका छैन ।

कान्तिपुर

Link copied successfully