त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा महिला सिंगलतर्फ शिभालीले प्राज्ना मानन्धरलाई ६–०, ६–१ ले र स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।
काठमाडौँ — शिभाली गुरुङ र स्वस्तिका विष्ट बिहीबार १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा महिला सिंगलतर्फ शिभालीले प्राज्ना मानन्धरलाई ६–०, ६–१ ले र स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।
पुरुष सिंगलमा प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा प्रदीपले आयुशमान हजुर घलेलाई ६–३, ६–७, ६–१ ले र प्रणवले दर्शिल श्रेष्ठलाई ६–०, ६–० को सेटमा हराए ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगलमा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६–४, ६–१ ले र सन्तोष खत्रीले दावा सोनाम शेर्पालाई ६–२, ७–५ ले हराएर फाइनल यात्रा तय गरे । उक्त स्पर्धाको पुरुष डबल्समा भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीले नीरज रेग्मी र ईश्वर जीसीको जोडीलाई ६–१, ६–२ ले र जितेन्द्र र छेवाङ लामाको जोडीले सन्तोष खत्री र जुजुमन किमको जोडीलाई ६–२, ६–४ ले हराएर फाइनल सुरक्षित गरे ।
आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ७० वर्षमाथि पुरुष सिंगलको उपाधि धीरबहादुर गुरुङले जिते । उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारमाथि ५–४, ४–० को नतिजा निकाले ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्रीले महेश श्रेष्ठलाई ७–५, ६–३ ले र रोहित सुनुवारले अमितसिंह गुरुङलाई ६–३, ६–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले नवाङ लामा र राजेन्द्र भाटियाको जोडीलाई ६–२, ६–० ले र अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीले सुकमान तामाङ र अञ्जन बानियाँको जोडीलाई ६–०, ६–२ ले हराएर फाइनल तय गरे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगलमा चन्द्र शाहीले उत्तम बोगटीलाई ६–०, ६–२ ले र विमलकुमार गुरुङले मछिन्द्र थापालाई ६–१, ६–१ ले हराएर फाइनलमा स्थान बनाए । पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडीले सागर केसी र निरञ्जनकुमार श्रेष्ठको जोडीलाई ६–२, ६–० ले तथा मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीले धर्म शाही र आशिष सिग्देलको जोडीलाई ६–१, ३–६, १३–११ ले हराएर फाइनलमा प्रवेश गरे ।
भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङले वाल्टर स्मितलाई ६–१, ३–६, १०–६ ले र कमल थापाले पवित्रजंग रायमाझीलाई ६–१, ६–० ले पराजित गरी फाइनल यात्रा तय गरे । सोही उमेर समूहको पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीले प्रेमप्रकाश थापा र पवित्रजंगको जोडीलाई ६–२, ६–० ले तथा ध्रुवबहादुर गुरुङ र रवीन्द्रदास श्रेष्ठको जोडीले दीपक श्रेष्ठ र ज्ञानेन्द्रमान ताम्राकारको जोडीलाई ६–०, ६–२ ले हराएर फाइनलमा पुगे ।
