वडाध्यक्ष कप फुटबलको तयारी पूरा

प्रतियोगिता शुक्रबारदेखि चन्द्रविनायक पार्क चाबहिल मैदानमा सुरू हुनेछ ।

वैशाख १८, २०८३

कान्तिपुर संवाददाता

Preparations for Ward Chairman's Cup football complete

काठमाडौँ — काठमाडौं महानगरपालिका– ७ को आयोजनामा हुने चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता शुक्रबारदेखि चन्द्रविनायक पार्क चाबहिल मैदानमा सुरू हुनेछ । चाबहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १९ टिमको सहभागिता निश्चित भएको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जनाएका छन् ।

सेभेन 'ए' साइड स्वरूपको नकआउट प्रतियोगिता विजेताले ३० हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । विधागत ४ उत्कृष्ट खेलाडीले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । गत संस्करणको उपाधि मनास्लुले जितेको थियो । प्रतियोगिता २२ वैशाखसम्म चल्नेछ ।

कान्तिपुर

Link copied successfully