टेनिसमा प्रणव र आयुषमानको जोडी विजेता

त्रिपुरेश्वरस्थित राखेपको टेनिस कोर्टमा भएको फाइनलमा प्रणव र आयुषमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६, ६–३ को सेटमा हरायो ।

वैशाख १८, २०८३

कान्तिपुर संवाददाता

Pranav and Ayushmann pair win in tennis

काठमाडौँ — प्रणव खनाल र आयुषमान घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्सतर्फ विजेता भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको टेनिस कोर्टमा भएको फाइनलमा प्रणव र आयुषमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६, ६–३ को सेटमा हरायो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा जितेन्द्र परियारलाई ६–७, ६–२, १०–५ ले हराए । उक्त स्पर्धाको पुरुष डबल्स फाइनलमा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६–०, ६–२ ले हराए ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा विमलकुमार गुरुङले चन्द्र शाहीलाई ४–६, ६–४, १३–११ ले हरायो । पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी विजेता बन्यो । उनीहरूको जोडीले मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीलाई ४–६, ६–२, १०–६ ले हरायो ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्रीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारमाथि ६–१, ६–० को सहज जित दर्ता गरे । त्यसै स्पर्धाको पुरुष डबल्स फाइनलमा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीलाई ६–३, १–६, ११–९ ले पराजित गरे ।

भेट्रान ६५ वर्षमाथि कमल थापाले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिंगल्स/डबल्समा स्वर्ण जितेका हुन् । सिंगल्सको फाइनलमा कमलले  ध्रुवबहादुर गुरुङमाथि ६–१, ६–० को सहज जित दर्ता गरे । डबल्सको फाइनलमा कमलले छ्याम्बा डुन्डुपसंग मिलेर ध्रुवबहादुर गुरुङ र रविन्द्रदास श्रेष्ठको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे ।

अन्तिम दिन शनिबार पुरुष/महिला सिंगल्सको फाइनल हुनेछ । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर तथा महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्ट उपाधिका लागि भिड्ने छन् ।

कान्तिपुर

Link copied successfully