पीएम कप भलिबलको फाइनल शनिबार

शुक्रबार रुकुम पश्चिमले नेपाल पुलिस क्लबलाई २५–२२, ३०–२८, १६–२५, २५–१६ ले हराएर फाइनल सुरक्षित गरेको हो ।

वैशाख १८, २०८३

कान्तिपुर संवाददाता

PM Cup Volleyball Final on Saturday

काठमाडौँ — रुकुम पश्चिम भलिबल क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब दसौं पीएम कप एनभीए भलिबल लिगको पुरुषतर्फ फाइनलमा प्रतिस्पर्धी बनेका छन् । फाइनल शनिबार हुनेछ ।

शुक्रबार रुकुम पश्चिमले नेपाल पुलिस क्लबलाई २५–२२, ३०–२८, १६–२५, २५–१६ ले हराएर फाइनल सुरक्षित गरेको हो । हेल्प नेपालले लगातार छैटौं जितसहित अघिल्लो दिन फाइनल पक्का गरेको थियो । आठ टिम प्रतिस्पर्धी लिग हेल्प नेपाल र रुकुम पश्चिम शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् ।

सोही प्रतियोगिताको महिलातर्फ न्यु डायमन्ड युथ क्लब र नेपाल पुलिस क्लबबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । लिगको अन्तिम खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराएको थियो । ६ टिमको सहभागिता रहेकामा शीर्ष दुईमा रहेका डायमन्ड र पुलिस फाइनल पुगेको हो ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले १० लाख, दोस्रोले ५ लाख, तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीद्वयले जनही ६० हजार तथा विधागत विजेताले ३० हजार पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully