क्रिस्टल प्यालेसले यूईएफए कन्फ्रेन्स लिग सेमिफाइनलको पहिलो लेगमा बिहीबार साख्तर डोनेस्कलाई ३–१ ले पराजित गरेको छ र यससँगै फाइनल प्रवेशको सम्भावना नजिक पुगेको छ ।
काठमाडौँ — क्रिस्टल प्यालेसले यूईएफए कन्फ्रेन्स लिग सेमिफाइनलको पहिलो लेगमा बिहीबार साख्तर डोनेस्कलाई ३–१ ले पराजित गरेको छ र यससँगै फाइनल प्रवेशको सम्भावना नजिक पुगेको छ ।
युक्रेनी लिगको शीर्ष स्थानमा रहेको टिमविरुद्ध प्यालेसका लागि इस्माल सार, दाइची कमाडा र जार्गेन लारसेनले गोल गरे । सारले खेल सुरु भएको २१ सेकेन्डमै गोल गर्दै इंग्लिस टिमलाई शानदार सुरुआत दिलाएका थिए ।
यो जित प्यालेसका लागि फाइनल पुग्न पर्याप्त हुन सक्नेछ । अर्को सेमिफाइनल पहिलो लेगमा रायो भालेकानाले स्ट्रसबर्गलाई १–० ले हरायो र त्यसमा आलडेमाडोले दोस्रो हाफमा गरेको गोल निर्णायक सावित भयो ।
