नेपालले शुक्रबार क्रिकेट विश्वकप लिग २ को यूएईविरुद्धको खेलमा उनलाई पहिलो पटक टोलीमा समावेश गरेको छ ।
काठमाडौँ — अर्जुन कुमालले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्ने भएका छन् । नेपालले शुक्रबार क्रिकेट विश्वकप लिग २ को यूएईविरुद्धको खेलमा उनलाई पहिलो पटक टोलीमा समावेश गरेको छ ।
अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा उनले गण्डकी प्रदेशबाट खेल्दै ५ सय भन्दा बढी रन बनाएका थिए ।
अर्जुनलाई कुशल भुर्तेलको स्थानमा ल्याएको छ । त्यस्तै विनोद भण्डारीले पनि प्लेयिङ ११ बाट खेलिरहेका छन् । उनलाई आसिफ शेखको स्थानमा नेपाली टोलीमा ल्याइएको हो । विनोद चार वर्षपछि नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् ।
नेपालले ओमानसँग बुधबार १ सय २ रनले हारेको खेलबाट कुल ४ खेलाडी परिवर्तन गरेको छ । करण केसी र बसिर अहमदको स्थानमा नन्दन यादव र ललित राजवंशीलाई खेलाइएको छ ।
नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जितेर यूएईलाई फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
नेपाल २२ खेलमा १४ अंक जोडि सातौं र यूएई १२ अंकका साथ आठौं स्थानमा छ । आठ राष्ट्र सम्मिलित लिग २ का शीर्ष चार सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान रहेका छन् ।
