म्याड्रिडमा भएको खेलमा दुवै टिमका लागि गोल पेनाल्टीबाट सम्भव भएको हो ।
काठमाडौँ — एटलेटिको म्याड्रिड र आर्सनलले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बुधबार १–१ को बराबरी खेलेका छन् । म्याड्रिडमा भएको खेलमा दुवै टिमका लागि गोल पेनाल्टीबाट सम्भव भएको हो ।
इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले भिक्टोर ग्योकेरेसको गोलको मदतले अग्रता लिएको थियो । त्यसपछि एटलेटिकोका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काए । खेलको अन्त्यतिर आर्सनलले गरेको पेनाल्टीको दाबी स्विकार गरिएन् ।
अब सेमिफाइनल दोस्रो लेग लन्डनको इमिरेट्समा हुनेछ । दुवै टिम अहिलेसम्म युरोपेली क्लब फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जित्न असफल रहेका छन् । प्रतियोगिताको अर्को सेमिफाइनलमा यसअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिकलाई हराएको थियो ।
