पोखरामा महिला गोल्डकप फुटबल हुने

आरएस फुटबल क्लबको आयोजनामा शुक्रबार सुरु हुने गोल्डकपको तयारी पूरा भएको क्लबका अध्यक्ष रमेश कार्कीले जनाएका छन् ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

Women's Gold Cup football to be held in Pokhara

पोखरा — पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले भाग लिने भएका छ । आरएस फुटबल क्लबको आयोजनामा शुक्रबार सुरु हुने गोल्डकपको तयारी पूरा भएको क्लबका अध्यक्ष रमेश कार्कीले जनाएका छन् ।

आयोजक आरएस पोखरासहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ । उद्घाटन खेलमा आयोजक र पुलिस क्लब भिड्नेछन् । शनिबार संकटा र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । आइतबार फाइनल हुनेछ । पोखरामा यसअघि महिला गोल्डकप आयोजना भएको छैन ।

कान्तिपुर

Link copied successfully