नौ गोलको रोमाञ्चक खेलमा पीएसजी विजयी

अब अर्को साता हुने दोस्रो लेगको खेलमा पीएसजीले त्यस अग्रतालाई रक्षा गर्ने प्रयास गर्नेछ ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

PSG wins in thrilling nine-goal match

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा मंगलबार बायर्न म्युनिकलाई ५–४ ले पराजित गरेको छ । अब अर्को साता हुने दोस्रो लेगको खेलमा पीएसजीले त्यस अग्रतालाई रक्षा गर्ने प्रयास गर्नेछ ।

पेरिसमा भएको खेलको पहिलो हाफमा पीएसजीले खविचा क्वारत्सखेलिया र ओसमन डेम्बेलेको दुई दुई गोलको मदतले ५–२ को अग्रता लिएको थियो । तीन गोलले पछाडि रहेको स्थितिबाट बायर्नले पुर्नआगमन सुरु गरेको हो ।

पीएसजीका लागि एक गोल जाओ नेभासले गरे । बायर्नले भने ह्यारी केनको गोलले अग्रता लिएयता माइकल ओलिस, डायोट उपामकानो र लुइस डियाजले गोल गरे । च्याम्पियन्स लिगको इतिहासमै सेमिफाइनलको एकै खेलमा यति धेरै गोल भएको यो पहिलो पटक हो ।

कान्तिपुर

Link copied successfully