राइनो कप फुटबल : आयोजक क्लब विजयी

राइनोका विक्की चाम्लिङ एक्लैले गरेको ४ सहित ७ गोल अन्तरले हेटौंडा फुटबल एकेडेमी पराजित भएको हो ।

वैशाख १५, २०८३

नारायण शर्मा

Rhino Cup Football: Host club wins

नवलपरासी — राइनो कप फुटबलमा ठूलो गोल अन्तरले आयोजक राइनो क्लब विजयी भएको छ ।

मंगलबार भएको खेलमा राइनो ७-० गोल अन्तरले हेटौंडा फुटबल एकेडेमीलाई पराजित गर्दै विजयी बनेको हो । राइनोको जितका लागि विक्की चाम्लिङ एक्लैले ४ गोल गरेका थिए भने रोशन क्षेत्रीले २ गोल र राजु भुसालले १ गोल गरे । म्यान अफ द म्याच घोषित भएका विक्कीलाई नवलपुर उघोग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले ५ हजार प्रदान गरे । 

बुधबार नेपाल पुलिस क्लब र हनामी बीएफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १२ टिम सहभागी छन् । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ, कप र प्रमाणपत्र पुरस्कार पाउने खेल संयोजक दोमन भण्डारीले जानकारी दिए । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully