टुरिनोसँग इन्टरको बराबरी

दुई गोलको अग्रता लिएर पनि इन्टर जित निकाल्न असफल रहेको हो र यो नतिजापछि इन्टरले लिग उपाधिका लागि अझै कुर्नु पर्नेछ ।

वैशाख १४, २०८३

हिमेश

Inter draw with Torino

काठमाडौँ — इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा टुरिनोसँग २–२ को बराबरी खेलेको छ । दुई गोलको अग्रता लिएर पनि इन्टर जित निकाल्न असफल रहेको हो र यो नतिजापछि इन्टरले लिग उपाधिका लागि अझै कुर्नु पर्नेछ ।

मार्कस थुराम र यान बिसेकको गोलले इन्टरले दुई गोलको अग्रता लिएको थियो । तर जियोभानी सिमोन र निकालो भ्लासिचले टुरिनोका लागि गोल फर्काए । यो नतिजापछि इन्टर ७९ अंकमा शीर्ष स्थानमा कायम रह्यो ।

उसको पछाडि नेपोली ६९ अंकमा छ । एसी मिलान र युभेन्ट्सबीचको खेल पनि गोलरहित बराबरीमा टुंगियो । मिलान ६७ र युभेन्ट्स ६४ अंकमा शीर्ष शीर्ष चारभित्र छन् ।

हिमेश

Link copied successfully