चेल्सी एफएकपको फाइनलमा

एन्जो फर्नान्डेजको निर्णायक गोलको मदतले चेल्सीले लिड्स युनाइटेडलाई आइतबार वेम्बलीमा १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ ।

वैशाख १४, २०८३

हिमेश

Chelsea in the FA Cup final

काठमाडौँ — एन्जो फर्नान्डेजको निर्णायक गोलको मदतले चेल्सीले लिड्स युनाइटेडलाई आइतबार वेम्बलीमा १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । अब उपाधि भिडन्तमा उसको सामना म्यानचेस्टर सिटीविरुद्ध हुनेछ ।

प्रशिक्षक लियाम रोसेनियरको वर्खास्तीपछि पहिलो खेलमा चेल्सी विजयी रहेको हो । इंग्लिस प्रिमियर लिगमा चेल्सी खराव लयमा रहेको छ र त्यसका पछिल्ला पाँच खेलमा विना कुनै गोल गर्दै चेल्सी लगातार पराजित रहेको थियो ।

यो सन् १९१२ यता चेल्सीको सबैभन्दा खराव प्रदर्शन रहेको छ । तर अहिले एफएकपको फाइनलमा प्रवेश गरेपछि चेल्सीसामु उपाधि जित्ने अवसर भने बनेको छ । 

आठ पल्टको एफएप विजेता चेल्सी प्रतियोगिताको फाइनल पुगेको भने १२ पल्ट हो । सन् २०२२ मा अन्तिम पटक चेल्सीले फाइनल खेलेको थियो ।

हिमेश

Link copied successfully