जापान वाता ओपनमा गणेशलाई स्वर्ण पदक

जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।८७ केजीमाथि तौल समूहको भिडन्तमा उनले जापानका खेलाडीलाई हराएका थिए ।

वैशाख १३, २०८३

कान्तिपुर संवाददाता

Ganesh wins gold medal at Japan Open

काठमाडौँ — जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।

गणेशले ८७ केजीमाथि तौल समूहमा स्वर्ण जितेका हुन् । उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थिए ।

यस्तै ८० केजीमुनिको तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक जितेका छन्। उनले जापानिज खेलाडीलाई हराएर फाइनलमा स्थान बनाएका थिए। फाइनलमा भने उनी इन्डोनेसियाका खेलाडीसँग हार्न पुगे।

८७ केजीमुनि तौल समूहमा सन्देश अधिकारीले पनि रजत पदक जितेका छन्। उनले जापानकै खेलाडीलाई हराएर स्वर्ण पदकको भिडन्त पक्का गरेका थिए। तर फाइनलमा इन्डोनेसियाका खेलाडीसँग पराजित भए । २२औं संस्करणको यो प्रतियोगिता २४ अप्रिलमा सुरु भएर २७ अप्रिलमा सकिँदै छ।

नेपाली खेलाडी आयुशा कार्कीले स्वर्ण जितेकी छन् । आयुशाले ४५ केजीमुनि तौल समूहमा स्वर्ण जितेको टिम प्रशिक्षक सरोज तामाङले जनाएका छन् ।

यू-११ व्यक्तिगत पुम्सेको महिलामा आरभी ज्ञवालीले रजत तथा पुरुषमा विशेषचन्द्र गामी र श्रेयन कार्कीले कांस्य जितेका छन्। यस टिमको व्यवस्थापकमा रुष्मा सुवेदी छन् ।

कान्तिपुर

Link copied successfully