वेम्बलीमा भएको सेमिफाइनलमा सिटीका लागि निको गोन्जालेजले ८७ औ मिनेटमा गरेको गोल निर्णायक रह्यो ।
काठमाडौँ — म्यानचेस्टर सिटीले साउथह्याम्पटनको बलियो चुनौतीलाई २–१ ले निस्तेज पार्दै शनिबार एफएकपको फाइनलमा प्रवेश गरेको छ । वेम्बलीमा भएको सेमिफाइनलमा सिटीका लागि निको गोन्जालेजले ८७ औ मिनेटमा गरेको गोल निर्णायक रह्यो ।
यो जितपछि सिटीको यो सिजन तीन उपाधि जित्ने सम्भावना कायम रह्यो । लिगकप जितिसकेको सिटीसामु इंग्लिस प्रिमियर लिग जित्ने अवसर पनि रहेको छ । च्याम्पियनसिप टिम साउथह्याम्पटनले फिन एजाजको गोलले अग्रता लिएको थियो ।
त्यसपछि जेरेमी डुकुले ८२ औं मिनेटमा बराबरी गोल फर्काए । गोन्जालेजको गोलसँगै सिटीको पुर्नआगमन पूरा भएको थियो । आइतबार अर्को सेमिफाइनलमा चेल्सी र लिड्स युनाइटेड भिड्दै छन् ।
