डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले यो जितपछि शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ ।
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार गेटाफेलाई २–० ले हराएको छ र यससँगै लिग उपाधि जित्ने संघारमा पुगेको छ । त्यसमा फेरमिन लोपेज र मार्कस रसफोर्डले एक एक गोल गरे ।
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले यो जितपछि शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ । अब ह्यान्सी फ्लिकको बार्सिलोनाले अर्को साता ओसासुनालाई हराउने हो र अर्को खेलमा रियल म्याड्रिड इस्पनयोलसँग हार्छ भने उपाधि उसकै हुनेछ ।
बार्सिलोनाको ८५ अंक भएको छ भने रियल ७४ अंकमा छ । अर्को प्रमुख खेलमा एटलेटिको म्याड्रिडले एथलेटिको बिलबाओलाई ३–२ ले हरायो । एटलेटिको ६० अंकमा चौथो स्थानमा रह्यो ।
