उसको पछाडि एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७० अंकमा छ ।
काठमाडौँ — इबेरची इजीले खेलको सुरुमै गरेको गोलको मदतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई १–० ले हराएको छ र यससँगै फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ ।
आर्सनलको ३४ खेलबाट ७३ अंक भएको छ । उसको पछाडि एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७० अंकमा छ । लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।
एस्टन भिल्ला भने फुलहमसँग १–० ले पराजित रह्यो र पाँचौं स्थानमा झरेको छ । लिरभपुल र भिल्ला दुवैका समान ५८ अंक छ, तर गोल अन्तरले लिभरपुल अगाडि रहेको हो ।
रेलिगेसनबाट बच्न संघर्षरत वेस्ट ह्याम र टोटनहम दुवै पनि विजयी रहे । वेस्ट ह्यामले एभरटनलाई २–१ र टोटनहमले उल्भ्सलाई १–० ले हरायो ।
