उमा कुङफुले मनायो विश्व ताइची दिवस

बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिन् ।

वैशाख १२, २०८३

कान्तिपुर संवाददाता

Uma Kungfu celebrated World Tai Chi Day

काठमाडौँ — नेपाल उमा कुङफु संघले नेपालमा पनि हरेक वर्षझैं विविध कार्यक्रम आयोजना गरी शनिबार विश्व ताइची तथा छिगोङ दिवस मनाएको छ ।

बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिन् । बूढानीलकण्ठ नगरपालिका– ३ को सहयोगमा भएको कार्यक्रममा २ सय ५० भन्दा बढीको सहभागिता थियो ।

बूढानीलकण्ठ लायन ड्रागन एसोसिएसनका खेलाडीले आकर्षक लायन डान्स प्रस्तुत गरे । खेलाडीले छिगोङ, ताइची २४ फम्स, चाइची स्वार्ड र ताइची ४२ फम्स विधाको कलात्मक प्रस्तुति पनि प्रदर्शन गरेको कुङफु संघका अध्यक्ष सन्जीतकुमार राईले जनाए ।

कार्यक्रममा शंखपार्क ताइची क्लबका चन्द्रबहादुर शाह, हरिकुमार कार्की र श्यामप्रसाद गौतम तथा बूढानीलकण्ठ नगरपालिका–३ का सदस्य तथा पूर्वफुटबलर विकास तामाङलाई सम्मान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully