यो नतिजाले रियलको उपाधि होड अझ कमजोर बनेको छ ।
काठमाडौँ — हेक्टर बेलेरिनले गरेको गोलको मदतले रियल बेटिसले शुक्रबार स्पेनी ला लिगामा रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । यो नतिजाले रियलको उपाधि होड अझ कमजोर बनेको छ ।
रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । बार्सिलोनाका पूर्व खेलाडी बेलेरिनले दोस्रो हाफको इन्ज्युरी समयका चौथो मिनेटमा बराबरी गोल गरेका हुन् ।
यो नतिजापछि रियल ३३ खेलबाट ७४ अंकमा दोस्रो स्थानमा रह्यो । बार्सिलोना ३२ खेलबाट ८२ अंकमा शीर्षमा छ र उसलाई आठ अंकको अग्रता प्राप्त छ । बेटिस भने ५० अंकमा पाँचौं स्थानमा छ ।
