वैशाख १३ देखि १६ सम्म तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ६ टोली एनसेल, क्लाउड फ्याक्ट्री, सिप्रदी, आईसीएफसी फाइनान्स, सुबिसु र टेक्स्पायर कलेजको सहभागिता रहने भएको छ ।
काठमाडौँ — काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्सले आयोजना गर्ने कर्पोरेट टी–१० लिग क्रिकेटमा ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
वैशाख १३ देखि १६ सम्म तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ६ टोली एनसेल, क्लाउड फ्याक्ट्री, सिप्रदी, आईसीएफसी फाइनान्स, सुबिसु र टेक्स्पायर कलेजको सहभागिता रहने भएको छ ।
मुख्य प्रायोजक टेक्स्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले कर्पोरेट टी–१० को आयोजनालाई कलेजका लागि गर्वको विषय भएको बताए । उनले कर्पोरेट क्षेत्र र खेलकुदबीचको सहकार्यलाई बलियो बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको बताए ।
कर्पोरेट टी–१० का टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले प्रतियोगितालाई प्राविधिक रूपमा उत्कृष्ट र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे । गुप्ताले मैदानको तयारीदेखि लिएर अम्पायरिङ, स्कोरिङ तथा समग्र खेल सञ्चालनलाई व्यवस्थित ढंगले अगाडि बढाइने बताए
कर्पोरेट टी–१० का टुर्नामेन्ट डाइरेक्टर ज्योति भण्डारीले प्रतियोगितालाई सफल, व्यवस्थित र स्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
लिगको फेस अफ कर्पोरेट टी–१० महिला राष्ट्रिय क्रिकेटर खुशी डंगोलले खेलप्रतिको लगाव र सहभागिता बढाउन यस्ता प्लेटफर्म अत्यन्त महत्वपूर्ण रहेको बताइन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा टिम जर्सी तथा ट्रफीसमेत सार्वजनिक गरिएको थियो ।