ओभिएडोसँग भिल्लारियलको बराबरी

भिल्लारियलले निकोलस पेपेले पेनाल्टीबाट गरेको गोलको मदतले पहिलो हाफमा अग्रता लिएको थियो ।

वैशाख ११, २०८३

हिमेश

Villarreal draws with Oviedo

काठमाडौँ — रियल ओभिएडाले बिहीबार स्पेनी ला लिगामा भिल्लारियललाई १–१ को बराबरीमा रोकेको छ ।

भिल्लारियलले निकोलस पेपेले पेनाल्टीबाट गरेको गोलको मदतले पहिलो हाफमा अग्रता लिएको थियो ।

ओभिएडोका लागि इलियास काइराले दोस्रो हाफमा बराबरी गोल फर्काए । भिल्लारियल ६२ अंकमा तेस्रो स्थानमा छ । 

ओभिएडो भने २८ अंकमा सबैभन्दा पुछारमा छ । अर्को खेलमा सेभिया लेभान्टको हातबाट २–० ले पराजित भयो ।

यसले उसमाथि रेलिगेसन दबाब बढेको छ । सेभिया ३४ अंकमा १७ औं स्थानमा छ । लेभान्टे भने ३२ अंकमा १९ औं स्थानमा छ । यस्तोमा यसपल्टको रेलिगेसन संघर्ष चर्को हुने भएको छ ।

हिमेश

Link copied successfully