चोटका कारण बार्सिलोनाले स्टार खेलाडी लामिन यामललाई गुमाएको छ ।
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार सेल्टा भिगोलाई १–० ले हरायो र लिग उपाधिको अझ नजिक पुग्यो । तर चोटका कारण बार्सिलोनाले स्टार खेलाडी लामिन यामललाई गुमाएको छ ।
खेलको एक मात्र गोल उनैले पेनाल्टीबाट ४० औं मिनेटमा गरे । यो जितपछि बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि नौ अंकको अग्रता हो । सेल्टा भिगो ४४ अंकमा सातौं स्थानमा रह्यो ।
बुधबारकै अर्को खेलमा गेटाफेले रियल सोसिडाडलाई १–० ले पराजित गर्यो । गेटाफे ४४ अंकमै छैटौं स्थानमा छ भने रियल सोसिडाड ४२ अंकमा आठौं स्थानमा छ ।
