स्ववियु खुला भलिबल: केटिएस, तातोपानी र पातारासी विजयी

शुक्रबार सेमिफाइनल र क्वाटरफाइनलका खेल हुनेछन् ।

वैशाख १०, २०८३

डीबी बुढा

SWU Open Volleyball: KTS, Tatopani and Patarasi win

जुम्ला — जुम्लामा सञ्चालन भइरहेको प्रथम स्ववियु खुला भलिबल प्रतियोगिताको दोस्रो दिन कर्णाली प्राविधिक शिक्षालय (केटिएस), तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकाको टिम विजयी भएका छन् । 

पहिलो खेल कर्णाली प्राविधिक शिक्षालय र जुम्ला बहुमुखी क्याम्पसको आयोजक स्ववियु टिम बीच भएकोमा सोझो तीन सेटले कर्णाली प्राविधिक शिक्षालयले जित्यो । दोस्रो खेल जुम्ला बहुमुखी क्याम्पसको होस्टेल टिम र तातोपानी गाउँपालिका बीचमा भएको थियो । जसमा तातोपानीले होस्टेल टिमलाई सोझो तीन सेटले पराजित गर्‍यो । 

तेस्रो खेल पातारासी गाउँपालिका र डिएमडी टिम बीचमा भएकोमा पातारासी गाउँपालिकाले सोझो तीन सेटले जितेको क्याम्पस सभापति लोकेन्द्र बुढाले जानकारी दिए । 

शुक्रबार सेमिफाइनल र क्वाटरफाइनलका खेल हुनेछन् । पहिलो खेल पातारासी गाउँपालिका र नयाँ कर्णाली टिम बीच हुनेछ । बिहान ८ बजेदेखि नै खेल सुरु हुने सभापति बुढाले बताए । दोस्रो खेल कर्णाली मावि र तातोपानी गाउँपालिका बीचमा हुनेछ । पहिलो र दोस्रो खेलमा विजेता बीचमा तस्रो सेमिफाइनलको खेल हुनेछ । शनिबार प्रतियोगिता सकिने जुम्ला बहुमुखी क्याम्पस जुम्लाले जनाएको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully