हारले बर्नली भने रेलिगेसनमा पर्ने दोस्रो टिम बन्यो र टिम २० अंकमा १९ औं स्थानमा रहेको छ ।
काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बुधबार बर्नलीलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लेको छ । हारले बर्नली भने रेलिगेसनमा पर्ने दोस्रो टिम बन्यो र टिम २० अंकमा १९ औं स्थानमा रहेको छ ।
पछिल्ला पाँच सिजनमा बर्नली प्रिमियर लिगबाट रेलिगेसनमा परेको यो तेस्रो पल्ट हो । यसअघि उल्भ्स पनि रेलिगेसनमा परेको थियो । सिटी भने जितपछि ७० अंकमा पहिलो स्थानमा रह्यो । समान अंकमा आर्सनल भने दोस्रो स्थानमा झरेको छ ।
यसले उपाधि होड अझ रोमाञ्चक हुने भएको छ । सिटीका लागि एक मात्र गोल इर्लिङ हालान्डले गरे । बुधबारकै अर्को खेलमा बर्नमाउथ र लिड्स युनाइटेडले २–२ को बराबरी खेले ।
