नागार्जुन र ज्ञानसंस्कार बास्केटबल च्याम्पियन

सामाखुशीस्थित ज्ञान संस्कार स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा नागार्जुनले केएमसीलाई २१–१७ स्कोरले पराजित गर्‍यो ।

वैशाख ९, २०८३

कान्तिपुर संवाददाता

Nagarjuna and Gyansanskaar Basketball Champions

काठमाडौँ — नागार्जुन र ज्ञान संस्कारले अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नागार्जुन ब्वाइज र ज्ञान संस्कार गर्ल्समा च्याम्पियन भए ।

सामाखुशीस्थित ज्ञान संस्कार स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा नागार्जुनले केएमसीलाई २१–१७ स्कोरले पराजित गर्‍यो । सिर्जनशील स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको गर्ल्सको फाइलनमा ज्ञान संस्कारले बौद्ध चिल्ड्रन हेभेनलाई १७–११ ले हरायो ।

ब्वाइजमा नागर्जुनका प्रिन्स कुशवाह र गर्ल्समा ज्ञान संस्कारकी लोरिशा गौचन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडू, सिर्जनशील स्पोर्ट्स क्लबका अध्यक्ष सुदेवजंग पण्डित, भिजन स्पोर्ट््स एकेडेमीका अध्यक्ष वृजेश बोहरालगायतले पुरस्कृत गरे । ब्वाइजमा ८४ र गर्ल्समा ३४ टिमको सहभागिता रहेको संयोजक पूर्ण न्यौपानेले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully