चेल्सीको खराब लय कायम

खराब लयमा रहेको चेल्सीको यो हारले अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा खेल्ने सम्भावना लगभग समाप्त भएको छ ।

वैशाख ९, २०८३

कान्तिपुर संवाददाता

Chelsea's poor form continues

काठमाडौँ — ब्राइटनले इंग्लिस प्रिमियर लिगमा मंगलबार चेल्स्लीाई सजिलै ३–० ले पराजित गरेको छ ।

खराब लयमा रहेको चेल्सीको यो हारले अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा खेल्ने सम्भावना लगभग समाप्त भएको छ ।

फेरडी काडिग्लुले ब्राइटनका लागि गोलको खाता खोलेयता ज्याक हिन्सेलउड र ड्यानी वेलब्याकले एक एक गोल थपे । 

सन् १९१२ यता चेल्सी लिगमा विना कुनै गोल गर्दै लगातार पाँच खेलमा पराजित भएको यो पहिलो पटक हो ।

चेल्सी लिगका पछिल्ला आठ खेलमध्ये सातमा पराजित रहेको छ र अहिले सातौं स्थानमा छ । यो पाँचौं स्थानमा रहेको लिभरपुलसँग सात अंकको दूरी हो । ब्राइटन भने चेल्सीलाई उछिनेर ५० अंकमा छैटौं स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully