यो नतिजाले उल्भ्स रेलिगेसनमा पर्ने निश्चित भएको छ भने टोटनहममाथि दबाब बढेको छ ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ । यो नतिजाले उल्भ्स रेलिगेसनमा पर्ने निश्चित भएको छ भने टोटनहममाथि दबाब बढेको छ ।
वेस्ट ह्याम ३३ अंकमा १८ औं स्थानमा रह्यो र यो रेलिगेसन क्षेत्रबाट दुई अंकको दूरी हो । टोटनहम ३१ अंकमा १८ औं स्थानमा छ र आफ्नो अस्तित्व जोगाउन सघर्षरत छ ।
उल्भ्स भने १७ अंकमा रहेको छ र अब उसले अर्को सिजन दोस्रो डिभिजन च्याम्पियनसिपमा खेल्नेछ । बर्नली २० अंकमा १९ औं स्थानमा छ । प्यालेस भने ४३ अंकमा १३ औं स्थानमा छ ।
